राप्रपा नेपाल (राष्ट्रवादी) खोल्ने तयारी

175
  •  
  •  
  •  

काठमाडौं १८ मंसिर ।
राप्रपा नेपालले असन्तुष्ट नेता पद्मसुन्दर लावती र पुत्र सगुनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि पार्टी फुट्ने निश्चित भएको छ ।
नयाँ पार्टी घोषणा भए राप्रपाका नेपालका केही बहालवाला केन्द्रीय सदस्यले ‘आउने आश्वासन’ दिएको असन्तुष्ट पक्षधर नेताको दाबी छ । स्रोतका अनुसार असन्तुष्ट पक्षका नेताले नयाँ पार्टीमा पूर्वसेनापति रुक्मांगद कटवाल, शाही शासनकालका मन्त्री रमेशनाथ पाण्डे र बीपीपुत्र प्रकाश कोइरालालाई पनि ल्याउने तयारी भइरहेको छ ।

पाण्डे र कोइरालाले असन्तुष्टपक्षीय नेताले गरेको भेलामा उपस्थित भई सम्बोधनसमेत गरेका थिए । उनीहरूले कटुवालस“ग समेत छलफल गरिरहेको स्रोत बताउ“छ । ‘अहिलेसम्मको कुराकानीमा कटुवाल सकारात्मक भएका छन्,’ स्रोतले भन्यो । उनीहरूले राप्रपाका असन्तुष्ट नेता डा. प्रकाशचन्द्र लोहनीस“ग पनि कुराकानी गरिरहेका छन् ।

नयाँ पार्टीको नाम राप्रपा नेपाल (राष्ट्रवादी) राख्ने तयारी भइरहे पनि पार्टी भित्रिने नेताको सल्लाहमा नाम फेरिन पनि सक्ने स्रोत बताउ“छ । नयाँ पार्टी अध्यक्षमा कटुवाल, पाण्डे वा कोइराला हुन सक्ने स्रोतको भनाइ छ । उनीहरूले पहिलो प्राथमिकता कोइरालालाई दिएका छन् ।

कटुवाल, पाण्डे र कोइरालाले अध्यक्ष हुन चासो नदेखाए लावती स्वयं नयाँ पार्टी अध्यक्ष हुनेछन् । असन्तुष्ट पक्षका संयोजक उनी नै हुन् । नयाँ पार्टीको संरचनामा अध्यक्ष ‘सेरेमोनियल’ र ११ सदस्यीय शक्तिशाली ‘स्टेरिङ कमिटी’ गठन गर्ने तयारी भइरहेको छ । जसमा गणेश शेरचन, बालकृष्ण न्यौपाने, दिलविकास राजभण्डारी, शास्त्रदत्त पन्तलगायतका नेता रहनेछन् ।

‘पार्टी हितविपरीत गएको’ भन्दै संस्थापन पक्षले पार्टी बरिष्ठ उपाध्यक्ष लावती र उनका पुत्र सगुनलाई कारबाही गरेको थियो । राप्रपा नेपालबाट सभासद् बनेकी बबिता लावतीलाई भने संस्थापन पक्षले कारबाही गरेको छैन । उनी पद्मसुन्दरकी बुहारी हुन् । संविधानसभाको चौथो ठूलो पार्टी राप्रपा नेपाल फुट्ने निश्चितसमेत भएको छ । असन्तुष्ट नेता लावतीलगायतले राप्रपा नेपाल (राष्ट्रवादी) बनाउने तयारी गरेपछि फुट निश्चित भएको हो ।

असन्तुष्ट पक्षका नेताले गत ५ र ६ मंसिरमा काठमाडांैमा भेला आयोजना गरी अध्यक्ष कमल थापालाई ‘२१ दिनभित्र पार्टी नेतृत्व छोड्न’ चेतावनी दिएका थिए । उनीहरूले ७ मंसिरमा अध्यक्ष थापालाई चिठी लेखेरै २१ दिनभित्रै ‘पद छोड्न’ चेतावनी दिएपछि लावती कारबाहीमा परेका हुन् ।

आफूलाई २१ दिने ‘अल्टिमेटम’ दिएको भोलिपल्टै थापाले सोमबार सार्वजनिक रूपमै ‘नयाँ पार्टी खोल्न’ चेतावनी दिएका थिए । त्यसपछि असन्तुष्ट पक्षका नेताले नयाँ पार्टी खोल्ने निश्चित भएको छ ।

‘हामीले पार्टी अध्यक्षलाई २१ दिनको चेतावनी दिएका छौं । त्यति समय पर्खन्छांै । त्यसपछि उहाँ (कमल थापा) ले अध्यक्ष पद छाड्नुभएन भने नयाँ पार्टी खोल्नेछौं,’ असन्तुट पक्षधर समूहका सचिव श्याम तिमिल्सिनाले भने, ‘कमल थापाले नयाँ पार्टी खोल्न हामीलाई दिएको चुनौती आन्दोलन–२ मा उहा“ले राजनीतिक दललाई चुनौती दिएर राजतन्त्र खत्तम गरेझैं अहिले राप्रपा नेपाल सिध्याउन चुनौती दिनुभएको हो ।’
राजधानीबाट


  •  
  •  
  •