राप्रपा नेपालको असन्तुष्ट पक्षले माग्यो कमल थापाको राजिनामा

398
  •  
  •  
  •  

kamal-thapaकाठमाडौं, ७ मंसिर (ओएनएस) : राप्रपा नेपालको असन्तुष्ट पक्षले अध्यक्ष कमल थापाको राजिनामा माग गर्दै २१ दिने अल्टिमेटम दिएको छ । असन्तुष्ट पक्षका संयोजक पद्यसुन्दर लावतीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै थापालाई राजिनामा दिन २१ दिने अल्टिमेटम दिएका हुन् ।

असन्तुष्ट पक्षले शुक्रबार र शनिबार राजधानीमा भेला गरेको थियो । भेलामा ६३ जिल्लाका एक हजार प्रतिनिधि सहभागि भएको बताइएको छ । लावतीले पार्टीलाई सुदृण बनाउनको लागि थापाले राजिनामा दिने माग गरेका हुन् ।

साथै लवतीले पार्टीको मनोनित कोटामा सभासदमा नियुक्त भएका थापाका भाई गणेश थापालाई फिर्ता बोलाउन पर्ने लगायतका ११ वटा माग राखेका छन् ।


  •  
  •  
  •  

Comments are closed.