राप्रपामा संसदीय दलको नेताका लागि निर्वाचन हुने

197
  •  
  •  
  •  

काठमाडौं, ३२ असार (ओएनएस) । राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्ष पशुपतिशम्शेर राणा र सूर्यबहादुर थापाले दीपक बोहारालाई मनाउने प्रयास असफल भएपछि निर्वाचन हुने पक्का भएको हो । आगामी साउन १० गते निर्वाचन मिति तोकिएको स्रोतले जनाएको छ ।

अध्यक्ष राण र थापाले बोहोरा समक्ष दलको उपनेता बनाउने र अब बन्ने सरकारमा मन्त्री बनाउने प्रस्ताव राखेका थिए । तर, बोहोराले भने प्रस्ताव अस्वीकार गरेका छन् । स्रोतका अनुसार थापा र बोहोरा चुनावमा जाने लगभग पक्का भएको छ ।


  •  
  •  
  •