बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्ने : सांसद सुनुवार

569
  •  
  •  
  •  

काठमाडाैं, १३ कात्तिक (अाेएनएस) : सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै उनले त्यसलाई रोक्नका लागि अब मृत्युदण्डको सजाय हुनुपर्ने बताए।

वर्तमान सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भन्दै उनले ५ वर्षमा गर्ने काम ६ महिनामै हुन नसक्ने भन्दै त्यहि आधारमा सरकार असफल भयो भन्न नहुने तर्क समेत गरे ।

 


  •  
  •  
  •