रोयल च्यालेन्जर्सले युवराज सिंहलाई टोलीबाट निकाल्यो, पिटरसन पनि बाहिरिए

482
  •  
  •  
  •  

Yuvraj-Singhकाठमाडौ, १ पुस(एजेन्सी) : विश्वकपको सम्भावित ३० खेलाडीभित्र अटाउन असफल भएका भारतीय अलराउण्डर युवराज सिंहलाई फेरी अर्को झड्का लागेको छ । उनलाई इण्डियन प्रिमियर लिगको रोयल च्यालेन्जर्स बेङ्ग्लोर टोलीबाट पनि बाहिरिनु परेको छ । पछिल्लो संस्करणमा सबैभन्दा महंगा खेलाडी रहेका युवराज सिंहका साथै इङ्ल्याण्डका पूर्व कप्तान केभिन पिटरसन पनि आफ्नो टोली दिल्ली डेयरडेभिल्सबाट बाहिरिएका छन् । उनीहरू दुवैलाई टोलीले नलिएपछि बाहिरिनु परेको हो ।

विजय माल्याको रोयल च्यालेन्जर्सले पछिललो संस्करणमा युवराजलाई १४ करोड भारतीय रूपैयाँमा किनेको थियो । युवराजका साथै विराट कोह्ली, एबी डिभीलियर्स र क्रिस गेलजस्ता उत्कृष्ट खेलाडीहरू रहेको रोयल अन्तिमबाट दोस्रो स्थानमा रहन पुगेको थियो ।

आईपिएलमा सबैभन्दा अन्तिम स्थानमा रहेको डेयरडेभिल्सले पिटरसनका साथै दिनेश कार्तिक, रस टेलर र मुरली विजयलाई पनि टोलीमा राखेको छैन् । यस्तै, मुम्बई इण्डियन्सले बलर जाहिर खान र प्रज्ञान ओझालाई, किङ्ग्स इलेभन पञ्जावले चेतेश्वर पुजारा, बलर लक्ष्मीपति बालाजी र मुरली कार्तिकलाई पनि टोलीबाट बाहिर राख्ने निर्णय गरेको छ ।


  •  
  •  
  •