गोलमेचसम्मेलन स्थगितपछि दुबै पक्ष आरोप प्रत्यारोपमा

101
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौ (ओएनएस) : गोलमेच सम्मेलन स्थगित हुनुमा दुबै पक्षले एकले अर्कोलाई दोष लगाएका छन् । सम्मेलन स्थगित भएपछि संविधान सभा भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरागर्दै नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा– माओवादी संविधान लेखन प्रक्रियामा आउन तयार नभएको टिप्पणी गरे ।

उनले गोलमेच सम्मेलन माओवादीको दाउपेच मात्र रहेको आरोपसमेत लगाए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी सहभागिता नभएका कारण सम्मेलन स्थगित भएको बताए । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकार आफूहरुका माग पूरा गर्न देखाउन मात्रै सम्मेलनको तयारी गरेको भन्दै सहभागि नहुने निर्णय भएको बताए ।

उनले भने,‘हामी सार्थक सम्मेलन चाहेका थियौं तर विना एजेण्डा बस्नको अर्थ छैन । ’


  •  
  •  
  •