राजनीतिक सभामा ६४ दल र २ स्वतन्त्र सभासद् सहभागि हुने

82
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ (ओएनएस) : भदौ ३१ गते हुने राजनीतिक सभामा ६४ दल र २ स्वतन्त्र सभासद् सहभागि हुने भएका छन् । आज बसेको चार दलीय कार्यदलले संविधान सभा भित्रका ३१ दल, दुई स्वतन्त्र सभासद् र नेकपा–माओवादी नेतृत्वको ३३ दल सहभागि  हुने सहमति गरेको हो ।

राजनीतिक सभामा सबै दलले आ–आफ्नो धारणा र एजेण्डा राख्ने नेकपा–माओवादीका तर्फबाट कार्यदल सदस्य पम्फा भुषालले जानकारी दिईन् ।

सभामा सबै दलले आफ्ना धारणा राखेपछि त्यसलाई आधार मानेर सहमति र असहमतिको प्रतिवेदन तयार गरिने छ । भुषालले भनिन्,‘पहिलो दिन आफ्ना कुरा राख्ने हो त्यसपछि प्रतिवेदन तयार गरेर थप छलफल हुन्छ ।’ सभामा संविधानका अन्तर्वस्तुमा छलफल हुने छ ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका पाँच–पाँच जना र अन्य दलका एक–एक जना सहभागि हुने छन् । एमाओवादीका तर्फबाट कार्यदल सदस्य खिमलाल देवकोटाले भने,‘सबै दललाई पाँच–पाँच मिनेट धारणा राख्न समय दिईने छ र त्यसको अभिलेख सरकारले राख्ने छ ।’

देवकोटाका अनुसार अभिलेखलाई कार्यदलले प्रतिवेदनका रुपमा तयार गरेर  शिर्ष नेता र सरकारलाई बुझाउने छ । सभाका लागि भोली प्रधानमन्त्री सुशील कोईरालाले दलहरुलाई पत्र पठाउने देवकोटाले जानकारी दिनुभयो ।


  •  
  •  
  •