रोट्याक्ट क्लब अफ लमजुङको स्थापना दिवसमा क्यान्सर पीडित बालकलाई सहयोग

394
  •  
  •  
  •  

काठमाडौं । रोट्याक्ट क्लब अफ लमजुङले आफ्नो स्थापना दिवसको अवसरमा ब्लड क्यान्सरबाट पीडित १३ वर्षीय बालकलाई सहयोग गरेको छ ।  क्लवले लमजुङ पुरानोकोट घर भई बेसीशहर नगरपालिका ३ रानीकुवामा बस्दै आएका निश्चल गुरुङलाई सहयोग गरेको हो ।

क्वलका संस्थापक अध्यक्ष हुमा गुरुङ र क्लबका अध्यक्ष लक्ष्मी श्रेष्ठले क्यान्सर पीडित गुरुङका अभिभावलाई नगद १६ हजार १ सय ६० रुपैयाँ सहयोग गरिन् ।

यसैबीच स्थापना दिवस भव्य रुपमा मनाएको छ । क्लवमा रहेर उत्कृष्ठ काम गरेको भन्दै सचिव सन्दिप गुरुङ, कम्युनिटी सर्भिस डाइरेन्टर रविन गुरुङ, इन्टरनेशनल सर्भिस डाइरेक्टर मनिका गुरुङ, मनिका तिवारी, सदस्य सिसीर गैरे, क्षितिज पौडेल र रस्मी घिमिरेलाई सम्मान गरेको छ ।

क्लवले लमजुङमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । हालै क्लवले बुटवलमा ‘रोट्याक्ट पब्लिक इमेज अवार्ड’ समेत जित्न सफल भएको छ ।

नेपालभरिका १६ वटा रोट्याक्ट क्लबले सहभागी जनाएका प्रतियोगितामा समाजमा उत्कृष्ठ कामका आधारमा लमजुङ छनोट भएको थियो ।


  •  
  •  
  •