पोखरामा रोटरी युथ लिडरसिप अवार्ड राईला

79
  •  
  •  
  •  

पोखरा । रोटरी इन्टरनेशनल डिस्ट्रिकट ३२९२ नेपाल भूटानको वार्षिक कार्यक्रम रोटरी युथ लिडरसिप अवार्ड पोखरामा हुँदैछ ।

बिहीबारबाट ४ दिनसम्म चल्ने उक्त कार्यक्रममा रोटरीका सात प्राथमिकताका क्षेत्रमा आधारित रहेर विविध कार्यक्रम हुनेछन् ।

कार्यक्रममा १६ देखि २० वर्षका युवाहरुले विभिन्न भूमिकामार्फत आफ्नो नेतृत्व कौशलता प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागी युवाहरुको नेतृत्व कौशलता एवं क्षमताका आधारमा उनीहरु मध्येबाट एकले सो अवार्ड प्राप्त गर्नेछन् ।

नेतृत्व के हो, सक्षम नेतृत्वका आधारहरु के हुन, सामाजिक एवं आर्थिक रुपान्तरणमा नेतृत्वको भूमिक कति निर्णायक एवं महत्वपूर्ण हुन्छ भन्ने मर्मको उजागर एवं स्थापित सो कार्यक्रमबाट हुने रोटरियन राजेन्द्र लिगलले बताए ।

मूलत नागरिक अधिकार सुनिश्चितताको अवस्था, जटिलता, चुनौति र समाधानको मार्गचित्रका विषयमा राइलाले मार्गनिर्देश गर्ने लिगलले बताए ।

चार दिनसम्म चल्ने राईलालाई रोटरीमा युवा नेतृत्व विकासका सन्दर्भमा एक महत्वपूर्ण कार्यक्रमका रुपमा लिने गरिन्छ ।

कार्यक्रमको होस्ट क्लवका रुपमा पोखराका सबै रोटरी क्लवहरु रहने छन भने सह होस्ट क्लवका रुपमा बाहिरका अन्य क्लबहरु रहनेछन् । बि अ प्रागमेटिक लिडर को मर्ममा रहेर राईला हुँदैछ ।

कार्यक्रममा नेतत्व विकासको कला, समाजको वस्तुगत आवश्यकता, नागरिकको अधिकार, सीमान्तकृत वर्गका नागरिकका अधिकार सम्बोधनका सन्र्दभमा नेतृत्वले पुरयाउनुपर्ने सुझबुझका सन्दर्भमा समीक्षाका साथै मार्गनिर्देश गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपालभरका रोटरी क्लवका पदाधिकारी, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट अफिसियल एवं स्थानीय समुदायका प्रतिनिधीहरुको उपस्थिति रहने छ ।


  •  
  •  
  •