रोशनी शाही र श्रीमान चित्रजंगबीच वैवाहिक सम्बन्ध टुंग्याउने सहमति

179
  •  
  •  
  •  

काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुव्र्यवहार गरेको भनेर आरोप लगाउने रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद, ‘डिभोर्स’ गर्ने सहमति भएको छ ।

शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको चित्रजंगले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

रोशनी शाही र चित्रजंग शाहीले हस्ताक्षर गरेको सहमतिपत्रमा भनिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदारहेछन्। तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’

उनीहरुले अब सम्बन्धविच्छेदको कानूनी प्रक्रिया अगाडि बढाउने संकेत गरेका छन् ।
रोशनी शाहीले गत आइतबार निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार तथा कुटपिट गरेको भन्दै सोमबार मिडियासमक्ष प्रस्तुत गरेकी थिइन् ।

तर मंगलबार उनले आफ्नो बयान बदल्दै महरा आफ्ना बाबुसमान भएको भन्दै उनले केही नगरेको र आफ्नो कोठामा पनि नआएको बताएकी थिइन् । शाहीले बलात्कार आरोप लगाएपछि महराले सभामुख पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ ।


  •  
  •  
  •