भारतसंग भएको सहमति संसदमा जानकारी गराउन सभामुखको रुलिङ

439
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) : सभामुख सुवास नेम्वाङले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिबारे संसदमा जानकारी गराउन सरकारका नाममा रुलिङ गरेका छन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र दुई देशबीच भएको वार्ताबारे सभासद्हरुले सदनमा जवाफ मागेपछि सभामुखले संसदको आर्को बैठकमा जानकारी गराउन रुलिङ गरेका हुन् ।

त्यसअघि संसदको बैठकमा सभासद्हरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र नेपाल भारत संयुक्त आयोगको प्रगतिवारे सदनलाई जानकारी गराउन माग गरेका थिए । नेकपा एमालेका भरतमोहन अधिकारीले भारतीय विदेशमन्त्रीको भ्रमण र संयुक्त आयोगको बैठकवारे जानकारी गराउन माग गरेका थिए ।

नेमकिपाका नेपाल भारत वार्ताका क्रममा भएको २६ बुदे सहमति राष्टघाती भएको आरोप लगाएका थिए । उनले जलस्रोत र नागरिकतामा गरिएको सहमतिले नेपालमा ‘नयाँ लेण्डुप दोर्जे’ जन्मिन लागेको बताएका थिए ।


  •  
  •  
  •