रोनाल्डोले बनाए सर्वाधिक ह्याट्रिकको कीर्तिमान

298
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर (एजेन्सी) : स्पेनिस क्लब रियाल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्चीयानो रोनाल्डोले ला लिगामा सर्वाधिक ह्याट्रिक गर्ने कीर्तिमान बनाएका छन् ।

शनिबार राति घरेलु मैदान सान्टीयागो बेर्नावेउमा भएको खेलमा सेल्टा भिगोलाई ३–० ले पराजित गर्दै रोनाल्डोले ला लिगामा २३ औं ह्याट्रिक गरेका छन् । य

सअघि म्याड्रिडका डि स्टीफानो र टेल्मो जाराले २२–२२ ह्याट्रिक गरेका थिए । ह्याट्रिकसँगै रोनाल्डोले ला लिगामा २०० औं गोलको कोसेढुङ्गा पनि पार गरे । रोनाल्डोको कीर्तिमानसँगै रियालले लगातार १८ औं खेलमा जित हात पार्ने कीर्तिमान बनायो ।

जितपछि शीर्ष स्थानको रियालले १४ खेलबाट ३६ अंक जोड्यो । इल्चेलाई २–० ले पराजित गरेको डिफेन्डिङ च्याम्पियन एथलेटि म्याड्रिड ३२ अंक सहित दोस्रो तथा एक खेल कम खेलेको बार्सिलोना ३१ अंकसहित तेस्रो स्थानमा छ ।


  •  
  •  
  •