रोनाल्डो सबैभन्दा धनी फुटबलर

171
  •  
  •  
  •  

काठमाडौं, २९ जेठ – पोर्चुगल र रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डो फिफा विश्व कपमा खेल्ने सबैभन्दा धनी फुटबलर धनेका छन् ।
तथापि भर्खरै सार्वजनिक भएको यो सूचीमा बेलायती खेलाडीको बाहुल्य छ ।

उनीसँग २३ करोड अमेरिकी डलरबराबरको सम्पत्ति रहेको अनुमान गरिएको छ । यो आँकडा विश्वकप खेल्ने सबैभन्दा धनी १० खेलाडीको कुल सम्पत्तिको २५ प्रतिशत हुन्छ । सम्पत्तिको मामिलामा रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसी र वेलायतका वायने रुनीलाई पछि पारे ।
बेलायती स्ट्राइकर रनीसँग ९ करोड ५० लाख डलर, मिडमिल्डर फ्रयांक लाम्पार्डसँग ६ करोड डलरर स्टफेन जेरार्डसँग ५ करोड ५० लाख डलरबराबरको सम्पत्ति छ । सन २०१० को विश्वकप वितेता स्पेनसँग एकजना धनाढ्य फुटबलर छन् फर्नान्डो टोरेस । उनीसँग ५ करोड डलरको सम्पत्ति छ ।

राजधानी दैनिकबाट


  •  
  •  
  •