रोनाल्डोद्धारा प्रेमिका इरिनासँग सम्बन्ध टुटेको स्विकार

101
  •  
  •  
  •  

ronaldoकाठमाडौ, ७ माघ(एजेन्सी) : पोर्चुगल र रियल म्याड्रिड टोलीका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आज प्रेमिका इरिना सायकसँग आफ्नो सम्बन्ध टुटेको स्विकार गरेका छन् । रोनाल्डो र इरिना विगत ५ वर्षदेखी एकसाथ थिए ।

रोनाल्डोले इरिनासँग भएको ब्रेक-अपको बारेमा खुलासा गर्दै भनेका छन्, ‘पाँच वर्षसम्म सम्बन्ध रहेपछि इरिना सायकसँगको मेरो सम्बन्ध अहिले समाप्त भइसकेको छ । म इरिनाको उनको भविष्यमा खुसी रहन सकोस् भन्ने शूभकामना दिन चाहन्छु ।’

ज्युरिचमा हालै भएको फिफा अवार्ड समारोहका क्रममा उनीहरूबीच सम्बन्ध तोडिएको चर्चा गरिएको थियो । रूसकी चर्चित मोडेल इरिना यस समारोहमा रोनाल्डोको साथ देखिएकी थिइनन् । रोनाल्डोलाई यस समारोहमा फुटबलर अफ दी इयरको पुरस्कार दिइएको थियो । तर, मञ्चमा उनले सबैलाई धन्यवाद दिए तर इरिनालाई भने उनले केही भनेनन् । यसपछि इरिनाले ट्विटरमा रोनाल्डोको अकाउण्ट अनफलो गरेकी थिइन् ।

समाचारहरूमा जनाइए अनुसार इरिना र रोनाल्डोबीच राम्रो सम्बन्ध हुन सकिरहेको थिएन । जब इरिनाले रोनाल्डोको आमाको जन्मदिन समारोहमा जान समेत अस्विकार गरेकी थिइन् । उनीहरुबीच यसैविषयलाई लिएर उनीहरूको सम्बन्ध टुटेको बताइएको छ ।


  •  
  •  
  •