रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा

124
  •  
  •  
  •  

एजेन्सी । पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा पुगेको छ ।  फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल फाइनलमा पुगेको हो ।

पोर्टोमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको हो । पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरे ।

पोर्टोमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ यार्ड टाढा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो । ५७औं मिनेटमा रिकार्डो रोड्रिग्वेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । नेल्सन सेमेडोले स्टेभन जुवेरलाई लडाएपछि भिएआरको सहायतामा प्राप्त पेनाल्टीमा रिकार्डोले कुनै गल्ती गरेनन् ।

त्यसअघि पनि पोर्चुगलले पेनाल्टी पाएपनि भिएआरको सहायतामा उक्त पेनाल्टी सफल भएन ।

८८ औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ ले अघि बढाएका थिए । खेलको ९० औं मिनेटमा रोनाल्डोको ह्याट्रिक गर्दै टिमलाई ३–१ को जित दिलाए ।


  •  
  •  
  •