रोमामाथि लिभरपुलको सानदार जीत, लिभरपुल च्याम्पियन्स लिगको फाइनल नजिक

349
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख (अाेएनएस) : युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले सानदार जीत हासिल गरेको छ।
लिभरपुलले इटालियन क्लब एएस रोमामाथि दमदार तवरले प्रस्तुत हुदै जित हात पारेको हो।

लिभरपुलले मंगलबार अबेर राति सकिएको सेमिफाइनलको पहिलो लेगमा रोमालाई ५–२ गोलले हराएको हो। योसँगै लिभरपुल सन् २००७ पछि च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ। लिभरपुलका लागि इजिप्सियन फरवार्ड मोहमद सलाहले पहिलो हाफमा उत्कृष्ट रुपमा प्रस्तुत भएका थिए।

उनले खेलको ३५ र ४५ मिनेटमा गरी दुई गोल गर्दा लिभरपुल पहिलो हाफमा हाबी देखियो। सलाहले २ पास गोलका लागि पनि उपलब्ध गराए।सहालले सिजनमा ४८ खेलमा ४३ गोल गरिसकेका छन्। रोमाका लागि ८१ मिनेटमा इडिन जेको तथा ८५ मिनेटमा पेरोटीले पेनाल्टीमार्फत गोल गरेका थिए।

अब सेमिफाइनलको दोस्रो लेग मे २ मा हुनेछ। लिगअन्तर्ग दोस्रो सेमिफाइनलमा आज राति साविक विजेता रियल म्याड्रिड र जर्मन क्लब वार्यन म्युनिखबीच प्रतिस्पर्धा हुने
आयोजकले जनाएको छ।


  •  
  •  
  •