रोल्पाका जिशिअमाथि विप्लवका कार्यकर्ताले हातपात गर्दै कालोमोसो दले

162
  •  
  •  
  •  

chirinjibi paudel gco
रोल्पा, १२ भदौ (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि हातपात गदै कालोमोसो दलेका छन् ।

पौडेलमाथि आज विहानै कालोमोसो लगाइएको नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले स्वीकार गरेका छन् । उनले जिशिअमाथि विद्यालयको ब्लक निर्माणमा, शिक्षक भर्नालगायतका काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै कालोमोसो लगाइएको दाबी गरेका छन् ।

जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला गएर युवाले हातपात गरेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ । जिसिअ अधिकारी सामान्य घाइते समेत भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •