रोल्पामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

87
  •  
  •  
  •  


काठमाडौं । रोल्पामा पहिरोमा परि घर पुरिँदा ३ जनाको ज्यान गएको छ ।
मंगलबारराति साढे १२ बजेतिर आएको पहिरोमा परेर रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको हो ।

त्यही घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

 


  •  
  •  
  •