रोल्पा पहिरोः मृत्यु हुनेको संख्या ६ पुग्यो(अपडेट)

115
  •  
  •  
  •  

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका बिहीबार राति गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

बिहीबार राति गएको पहिरोले घर पुरिँदा दुई परिवारका ६ जनाको ज्यान गएको हो ।

छेर्लोबाङमा घरमाथिबाट खसेको पहिरोले स्थानीय ठिरकुमारी बुढामगरको घर पुरेको हो । पहिरोमा थीरकुमारी  र उनका चार वर्षीय छोरा असल बुढाको मृत्यु भएको छ । थीरकुमारी का श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।

सोहि पहिरोमा थीरकुमारीको जेठाजुको परिवारको पनि मृत्यु भएको छ । आफ्नो घर पहिरोमा पर्ने भएपछि थीरकुमारी घरमा आश्रय लिन गएका जेठाजुथीरकुमारी बुढाका जेठाजु ३८ वर्षका जय बुढा, उनकाे ३६ वर्षीया श्रीमती मूलज्योति बुढा र छोरीहरु ९ वर्षकी देवस्थी र २ वर्षकी करिष्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि डाक्टरको टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने तयारी गरिएको छ ।


  •  
  •  
  •