संघर्षशिल रोजिताः युवा वैज्ञानिकदेखि सगरमाथा आरोहणसम्म

713
  •  
  •  
  •  

काठमाडौं । नेपाली युवाहरुका माझ एक चर्चित नाम हो रोजिता बुद्धाचार्य । नेपाली रंगमञ्च होस् या अन्य क्षेत्र उनको नाम चर्चामा आउँछ । साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्म ’जीवन काँडा कि फूल’ मा उनले मुख्य पात्र भएर काम गरिन् ।

युवा वैज्ञानिक समेत रहेकी उनले सर्वोच्च शिविर सगरमाथा आरोहण पनि गरिन् ।

बाल्यबाल

साढे दुई वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो । आमाको याद आउने कुनै पनि सम्झना नरहेको उनी बताउँछिन् ।

उनी भन्छिन्,‘साढे दुई वर्ष हुँदा आमा बित्नुभयो । मेरा आमा कस्तो हुनुहुन्थ्यो भन्ने मलाई सम्झना छैन ।’ चार दिदीहरुमा छोरा जन्मिउने आशामा आफु जन्मिएको उनी बताउँछिन् ।
उनले भनिन्‘समाजमा छोरा नै चाहिन्छ भन्ने थियो । मलाई आमाको टाउको खान जन्मिएको भन्थे । पानी छुँदा पनि सबै पानी मेरा टाउकोमा खनाइ दिन्थे । मेरो आमा भएको भए यतिको दुःख पाउँदैन थे भन्ने लाग्थ्यो ।’

आफ्नी आमाबारे हजुरबासँग सोध्ने गरेका उनले स्मरण गरिन् । ‘हजुरबाले चन्द्रमा देखाउँदै ‘तिम्री आमा त्यहाँ छिन्, तिमी त्यहाँ पुग्नुपर्छ’ भन्नुहुन्थ्यो’ उनले भनिन् ।

बालसुलभ चञ्चलताबीच घरको छतमा उफ्री–उफ्री पहाड चढ्ने, त्यहाँबाट हिमाल र हिमालबाट चन्द्रमा पुग्ने कल्पना उनले गरेकी थिइन् ।

‘जीवन काँडा कि फूल’मा महत्वपर्ण अवसर

झमक घिमिरेको ‘जीवन काँडा कि फूल’मा आफुलाई महत्वपूर्ण अवसर प्राप्त भएको बताइन् ।
नाटकमा जोडिन पाउँदा आफूलाई सन्तुष्टि प्राप्त बतएको उनले बताइन् ।
नाटकमा काम गर्ने क्रममा एकदिन नाट्यकर्मी विमल सुवेदीमार्फत ’जीवन काँडाकी फूल’मा अभिनय गर्न अफर उनलाई आयो ।

रोजितालाई लाग्थ्यो झमक घिमिरे दिदीसँग जोडिन पाउनु भाग्य त हो नै चुनौती पनि उस्तै छ।
’जीवन काँडा कि फूल’ पढ्दा कहिल्यै रोजिताले घिमिरेमाथि काम गर्छु भनेर सोचेकी थिइनन्।
विभिन्न अनुभव लिँदै उनले जीवन काँडा कि फूलमा काम गरिन्।

सगरमाथा सफल आरोहण

सगरमाथा आरोहणको प्रस्ताव आउँदा आफुलाई बाल्यकालको त्यही कल्पना स्मरण भएको उनले बताइन् ।
‘आफ्नो खुसी सेयर गर्न हजुरबा जीवित हुनुहुन्थेन । हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला’ भावुक बन्दै उनले भनिन् ।

मे २३ २०१८को बिहानको ६ बजे उनीलगायत पाँचजना नेपाली महिलाहरूले सगरमाथा चुमेका थिए।

युवा वैज्ञानिक

बाल्यकालमा आफूलाई अब कसरी चन्द्रमामा पुग्ने भन्ने लागिरहेको उनी बताउँछिन् ।
‘एउटा घरबाट अर्को घर हाम फाल्छु । अर्को घरबाट पहाडमा हाम फाल्छु । पहाडबाट हाम फालेर अग्लो हिमाल हाम फाल्छु र चन्द्रमा भेट्टाउँछु भन्ने लाग्थ्यो’ उनले भनिन् ।

बढ्दो उमेरसँगै चन्द्रमासम्म पुग्न पढ्नुपर्छ भन्ने चेत आफुमा आएको उनले सुनाइन् । सानैदेखि पढ्न सिपालु उनले साइन्स पढिन् । एमबिबिएस पढ्नुपर्छ भन्थे सबैले । तर पारिवारिक अवस्थाले एमबिबिएस पढ्ने अवस्था नरहेको उनले बताइन् ।

अर्को आफुलाई फिजिक्स पढ्न रहर भएको, ताकी चन्द्रमासम्म पुग्न सकियोस् भन्ने लागेको उनले बताइन् । त्यसबेला आफुले स्पेस साइन्सबारे पढ्न पाइन्छ कि भनेर खोजी गरेको उनको भनाइ छ ।

‘नेपालमा नभएकोले उनले ब्याचलरमा फिजिक्स पढे । ताकि पछि आक्ट्रोफिजिक्स पढ्न पाइने अप्सन थियो। मास्टर फिजिक्समै गरे । आक्ट्रोफिजिक्समा थेसिस गरे’ उनले भनिन् ।

सन् २०१६ मा काठमाडौं आक्ट्रोफिजिक्स स्कुल भनेर कार्यक्रम भएको थियो। त्यहाँ युनिर्भसिटीका दुईजना प्राध्यापक,युरोपियन स्पेस एजेन्सी र पोल्याण्डका प्राध्यापकहरू आएका थिए ।
जहाँ आफु पनि सामेल हुने मौका पाएको रोजिताले बताइन् । उक्त सेमिनारमा पृथ्वीभन्दा बाहिर कति वटा ब्रह्माण्ड हुन सक्छन् भनेर अध्ययन गर्न आफुले पाएको उनले बताइन् । धेरै विद्यार्थी मध्ये रोजितालाई त्यहाँ नोटिस गरियो।

सेमिनारमा आएका प्राध्यापकहरूले उनलाई समर इन्टर्नसिपको लागि आवेदन भर्न लगाए। आफुले त्यहाँ आवेदन दिएको उनले बताइन् ।

त्यसको केही समयपछि समर इन्टर्नसिपको छनोट भइन् । ‘मेरिल्याण्डमा स्पेस टेलिस्कोप साइन्स इन्चिच्युटमा म १० हप्ताको अध्ययनको लागि उडे’ उनले भनिन् । स्पेस टेलिस्कोप साइन्स हवल स्पेस टेलिस्कोपमा आफु पनि छानिएको उनले बताइन् । विश्वभरीबाट पाँच सय आवेदनमध्ये चौधजना छानिएका थिए।

चौधमध्ये १३ जना केटी थिए । आफुलाई प्राध्यापक नोरा लुजण्डर्फले अध्यापन गराएको उनले बताइन् । जो जेम्स वेव्स टेलिस्कोप इन्स्टुमेन्टका साइन्टिस हुन्।

जेम्स वेव्स स्पेस टेलिस्कोप बनेको ठाउँ, वैज्ञानिकहरू, त्यसका मिररहरूको अवलोकन गर्ने अवसर पाएको उनी बताउँछिन् ।

अहिले उनी बेलायतस्थित लिभरपुल सहरमा छिन् । आफ्नो खगोल भौतिकशास्त्रसम्बन्धी उच्च अध्ययनको शिलशिलामा उनी त्यहाँ पुगेकी हुन् ।

उनै साहसिक महिला आरोही तथा युवा वैज्ञानिक वुद्धाचार्य हालै काठमाडौंमा सम्मानित भएकी छिन् ।

मोतीदेवी स्मृति केन्द्रले आयोजित एक समारोहकाबीच केन्द्रकी अध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिन् ।

बाल्यकालदेखि अनेकौं चुनौती गर्दै आफ्नो मेहनत, लगनशीलता, संकल्प, साहस र आँटका साथ अघि बढ्ने क्रममा एक सफल सञ्चारकर्मी, अभिनयकर्ता, सगरमाथा आरोही हुँदै खगोल शास्त्रको अध्ययनका लागि अवसर प्राप्त गरेकी भन्दै वुद्धाचार्यलाई सम्मान गरिएको थियो ।

 


  •  
  •  
  •