प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चमा नयाँ नेतृत्व

306
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर । नरेश गेलालको अध्यक्षतामा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरिबहादुर पाण्डे छन् भने उपाध्यक्षमा भिष्मराज शर्मा शिवाकोटी, सुवर्ण श्रेष्ठ, वाइबी राई, रोहन गुरुङ मनोनयन भएको जनक रावलले जानकारी दिए ।

यस्तै महासचिवमा राजेन्द्र भण्डारी, सचिव सन्तकुमार लामा, सुरजकुमार घुण्डे गुरुङ, हरिप्रसाद थापा र कोषाध्यक्ष डिकबहादुर क्षेत्री छन् । यस्तै सदस्यमा चित्र गुप्ता साँवा, मुक्तिनाथ अधिकारी, विनोद खनाल, रमिला ताम्राकार, गोविन्द बहादुर कटुवाल, कमलप्रसाद सापकोटा, धननाथ पराजुली, जनक रावल, जेबी शाही, रामकुमार राई र चैतन्य तुम्बाहाम्फे सर्वसम्मत भएका छन् । मञ्चमा यसअघि १७ जनाको कार्यसमिति थियो ।

विधान संशोधन गरेर २५ सदस्यीय  कार्यसमिति बनाइएको र २२ निर्वाचित तथा तीन सदस्य मनोनीत हुने निवर्तमान अध्यक्ष टंकबहादुर राउतले बताए ।

रावलका अनुसार नयाँ कार्यसमितिले वैदेशीक रोजगारलाई मर्यादित बनाउने प्रतिवद्धता जाहेर गरेको छ ।


  •  
  •  
  •