खाडी मुलुकमा मात्रै एक महिनामा एकलाख नेपाली कामदार माग

592
  •  
  •  
  •  

काठमाडौं २४ असोज ।
म्यानपावर एजेन्सीहरुले भदौमा मलेसिया र खाडी लगायतका मुलुकबाट एक लाख भन्दा बढी नेपाली कामदारको माग ल्याएका छन् । यो संख्या गतवर्षको सोही अवधिको भन्दा दुई सय ३१ प्रतिशतले बढी हो । गत वर्ष भदौमा म्यानपावरहरुले ३० हजार तीन सय ३० कामदारको माग ल्याएका थिए ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार म्यानपावर एजेन्सीहरुले भदौमा विभिन्न मुलुकबाट एक लाख चार सय ६६ कामदारको माग ल्याएको छ । कुल मागको ५१ प्रतिशत अर्थात ५१ हजार पाँच सय ५१ कामदार विदेश गइसकेका छन् । खाडी मुलुकमा पूर्वाधार निर्माण तीब्र हुनु र मलेसियाले बंगलादेशी नागरिकलाई बन्द गरेर अदक्ष नेपाली कामदार लिएकोले माग हृवात्तै बढेको विभागले जनाएको छ ।

भदौमा सबैभन्दा बढी माग कतारबाट आएको छ । कतारको माग र जाने कामदारको धेरै अन्तर छ । निर्माण क्षेत्र (कडा काम) मा बढी माग आउने भएकाले माग बमोजिम कामदार पठाउँन नसकिएको वैदेशिक रोजगार ब्यवसायी बताउँछन् ।

कतारमा मागको ४१ प्रतिशत अर्थात १९ हजार ६ सय ६५ नेपाली गएका छन् । सन् २०२२ मा हुने विश्वकप फुटवलका लागि आवश्यक रंगशाला र पूर्वाधार निर्माणको काम कतारमा तीब्र छ । कतारले विश्वकपका लागि भनेरै ५ लाख नेपाली कामदार लिने घोषणा गरिसकेको छ ।कारोबारबाट


  •  
  •  
  •