काठमाडौं ८ भदौ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटालाई म्यान पावर एजेन्सीको स्वार्थअनुरूप काम नगरेको आरोपमा हटाइएको छ ।
श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङको निर्णयबाट सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर उनलाई हटाइएको हो । सीप विकास केन्द्रका प्रमुख विश्वनाथ ढकाललाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गरिएको छ । म्यानपावर एजेन्सीको पृष्ठभूमिबाट राजनीतिमा आएका मन्त्री गुरुङले आफ्ना सहकर्मी (म्यानपावर एजेन्सीका मालिक) हरूको स्वार्थअनुरूप काम नगरेकामा देवकोटालाई सरुवा गरी उनको सट्टामा ढकाललाई ल्याएका हुन् । कान्तिपुरबाट