रोहितले बनाए एकदिवसीय क्रिकेटमा सर्वाधिक रनको रेकर्ड

145
  •  
  •  
  •  

Cricket - India v Sri Lanka 4th ODIकाठमाडौं, २७ कात्तिक (एजेन्सी) : भारतीय क्रिकेट टिमका ओपीनङ ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् ।

श्रीलंकाबिरुद्ध बिहिबार भएको एकदिवसीय खेलमा रोहितले २६४ रन बनाउँदै आफ्नै देशका बिरेन्द्र सेहवागको कीर्तिमान तोडेका हुन् । कोलकत्ताको इडन गार्डेनमा भएको खेलमा रोहितले १७३ बल खेल्दा ३३ चौका र ९ छक्का प्रहार गरे ।

रोहित इनिङको अन्तिम बलमा नुवान कुलसेकराको बलमा माहेला जयबद्र्धनेबाट क्याच आउट भए । रोहितको कीर्तिमानसँगै भारतले ५ विकेटको क्षतिमा ४०४ रनको बिशाल योगफल जोड्न सफल भयो । यसअघि सेहवागले वेस्ट इन्डिजबिरुद्ध २१९ रनको रेडर्क बनाएका थिए । उनले सन् २०११ मा सो रेकर्ड बनाएका थिए ।

यसअघि रोहितको सर्वाधिक स्कोर २०९ थियो । अघिल्लो वर्ष अष्ट्रेलियाबिरुद्ध बनाएको उक्त स्कोर सर्वाधिक तेस्रो स्कोर हो ।


  •  
  •  
  •