विराट कोह्ली मालिक, रोजर फेडेरर खेलाडी

375
  •  
  •  
  •  

काठमाडौ, २५ भदौ(एजेन्सी) : भारतीय क्रिकेट टोलीको टेष्ट कप्तान विराट कोह्ली फुटबलका साथै टेनिसमा पनि जोडिएका छन् । कोह्ली बिहिबार इन्टरनेशनल प्रीमियर टेनिस लिग(आईपीटीएल)को एक टोली युएई रोयल्सका मालिक बनेका छन् । यो टोलीमा १७ ग्र्याण्ड स्ल्याम जितेका र विश्वका दोस्रो नम्बर टेनिस खेलाडि रोजर फेडेररलाई पनि समावेश गरिएको छ । फेडेरर प्रतियोगिताको दोस्रो सीजनमा खेल्नेछन् ।

दुवईमा बिहिबार भएको एक मिटिङमा यसको घोषणा गरिएको थियो । यसमा आईपिटिएलका म्यानेजिङ डाइरेक्टर महेश भूपति पनि उपस्थित थिए । आईपीसीएलका दोस्रो संस्करणका खेलहरू २ डिसेम्बरदेखी २० डिसेम्बरसम्म जापान, फिलिपिन्स, भारत, युएई र सिंगापुरमा खेलिने छ ।

युएई रोयल्स आईपीटीएलको एक टोली हो । विराट कोह्लीका साथै सचिन गाडोया र नीलेश भटनागर पनि यो टोलीका मालिक हुन् । सिईओ प्रविण भटनागर हुन् । विराटकसा साथै भारतीय टोलीका निर्देशक रवी शास्त्रीलाई पनि युएई रोयल्स टोलीका सल्लाहकार बनाइएको छ । यसभन्दा पहिले गत वर्ष सेप्टेम्बरमा कोह्लीले इण्डियन सुपर लिग(आईएसएल) फुटबल टोलीमा एफसी गोवाका मालिक बनेका थिए ।

टेनिस टोलीसँग जोडिएपछि विराट कोह्लीले भने, ‘म सधै टेनिस रोजर फेडेररको प्रशंसक हुँ । टेनिस लिगसँग जोडिनु मेरो लागि गर्वको कुरा हो । सबैभन्दा ठूलो कुरा त के हो भने मेरो टोली युएई रोयल्ससँग रोजर फेडेरर जोडिएका छन् । म प्रतियोगितालाई लिएर निकै उत्साहित छु ।’ गत वर्ष फेडेररले विनर इण्डियन एसेसको तर्फबाट खेलेका थिए । यो टोलीमा उनका साथ सानिया मिर्जा पनि रहेकी थिइन् ।


  •  
  •  
  •