विवाह घरमा रकेट खस्यो, २६ को मृत्यु

109
  •  
  •  
  •  

rocket-kills-dozens-at-wedding-partyकाठमाडौ, १८ पुस(एजेन्सी) : अफगानिस्तानको हेल्मण्ड प्रान्तको एक विवाह समारोह भइरहेको घरमा रकेट खसेपछि २६ मानिसको ज्यान गएको छ भने ८० भन्दा बढि मानिस घाइते भएका छन् ।

देशमा तालिबानी आतंककारीहरूसँग लडिरहेको अमेरिकी र नाटो सेनाको युद्ध अभियानका बुधबार अन्तिम दिन थियो । घाइतेहरूलाई प्रान्तको विभिन्न अस्पतालमा भर्ती गरिएको छ । मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार अफगानी सेना र तालिबानी आतंककारीबीच बिहिबार भएको संघर्षका दौरान हेल्मण्ड प्रान्तको सानगिन जिल्लामा एक घरको छतमा रकेट खसेको थियो । यस बीच प्रान्तका काउन्सिलका सदस्य बशीर अहमद शकीरले घाइतेको संख्या करिब ६० रहेको बतएका छन् ।

आफ्नो भान्जीको विवाहको आयोजना गरिरहेकी महिला अब्दुल हलीमले भनिन्, ‘अचानक खुसीको माहोल रूवाबासी बदलियो ।मेरा ९ वटा बच्चाको कुनै अत्तोपत्तो छैन् । मैले केही शवको अवशेष भेटेको छु, तर म भन्न सक्दिन की उनीअरू मेरा बच्चा हुन् या अन्य कसैको ।’


  •  
  •  
  •