नेपालमै अाएर कसरी गरिन् राेबाेट साेफियाले नेता जस्तै सम्बोधन (भिडियाेसहित)

513
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : हाम्राे देश नेपालमा नागरीकताकाे सम्बन्धमा कानुन बनेपनि अामाकाे नामबाट नागरिकता पाउन कति संघर्ष गर्नु पर्छ तर यी राेबाेटलार्इ साउदी अरबियन सरकारले सजिलै नागरीकता दिएकाे छ।

साउदी अरेबियन सरकारद्धारा सजिलै नागरीकता पाउने राेबाेट ’सोफिया’ रहेकी छिन्। साेफिया अाम मानिस जस्तै बाेल्ने गरेकी छिन्। राेबाेट साेफिया विभिन्न देशमा गएर वक्ताकाे रुपमा भाषण समेत गरेकी छिन्।

साेही क्रममा राेबाेट साेफिया अाज बुधबार नेपाल समेत अाएकी छिन्। मानवजस्तै नागरिकता प्राप्त रोबोट ’सोफिया’ले  काठमाडौंमा अायाेजित एक कार्यक्रममा अाफ्नाे सहभागिता जनाएकी छन्।

संयुक्त राष्ट्रसंघीय विकास आयोजना (युएनडिपी)ले आयोजना गरेको ‘टेक्नोलाेजी फर पब्लिक सर्भिसेस डेभलपमेन्ट’ कार्यक्रममा मुख्य वक्ताको रुपमा होटल याक एण्ड यतिमा उनले सम्बोधन गरेकी हुन्।

हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको सोफियालाई साउदी अरबियाले गत अक्टोबरमा नागरिकता प्रदान गरेको थियो। त्यसैगरी नोभेम्बरमा यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो।

साैजन्य : नेपालखबर


  •  
  •  
  •