बाटो खुल्यो, गाडी गुड्यो

379
  •  
  •  
  •  

manang road openमनाङ, १५ पुस(ओएनएस) : लामो समयदेखि अवरुद्ध बनेको मनाङ जाने बाटो पूर्ण रुपमा खुलेको छ । मनाङको तिमाङ छहरामा रहेको अवरोध नेपाली सेना र प्रहरीको सयुक्त टोलीले हटाएपछि मंगलबारबाट बाटो खुलेको हो ।

प्रमुख जिल्ला अधिकारी भीम पौडेलको सक्रियतामा असारदेखि बन्द रहेको बाटो खुलेपछि आवत जावत सहज भएको छ । घण्टाको ९ हजारका दरले लमजुङको बेसीशरहबाट डोजर झिकाएपनि करिब डेढ लाख रुपियाँ खर्च गरिसक्दा समेत बाटो खोल्न नसकेपछि फर्किएको थियो । तर, प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा लामो प्रयासपछि सेनाको प्राविधिक टोली र प्रहरीको सयुक्त टोलीले बाटो खुलाएको हो । यसअघि हिमपाईप बन्द हुँदा बाटोमा पानी आउने र पानी जमेर गाडी चलाउन नसक्ने अवस्था थियो ।

माउण्टेन रेस्क्युका सामग्री मगाएर बाटो खुलेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । मनाङ जाने एकमात्र बाटो नचल्दा पर्यटक, नागरिक सबैलाई समस्या भएको थियो । बाटो खुलाएपछि जान नसकेका गाडीहरुलाई पास गराइएको छ ।


  •  
  •  
  •