आफूखुसी सडकको रेलिङ काट्दा १५ हजार जरिवाना

201
  •  
  •  
  •  

काठमाडौं १८ मंसिर ।
सडक किनारको रेलिङ आफूखुसी काटेपछि त्रिपु™ेश्वरकी संगीता मास्के कारबाहीमा परेकी छन् । उनले गत मंगलबार दिउ“सो त्रिपुरेश्वरस्थित मुख्य सडकपेटीको ‘रेलिङ वेल्डिङ मेसिन’ बाट काट्दै गरेको अवस्थामा महानगरपालिकाले मास्केलाई कारबाही गरेको हो ।

उनलाई १४ हजार रुपैयाँ जरिवाना मात्र तिराइएन, ‘रेलिङ जस्ताको त्यस्तै बनाइदिने’ गरी सहमतिसमेत गरायो । ‘रेलिङ काटेर आङ्खनो घरतिर जाने बाटो बनाउँदै गरेको रहेछ,’ महानगरपालिका नगर प्रहरीप्रमुख धनपति सापकोटाले भने, ‘हामीले भेटेपछि जरिवाना तिरायौं र काटिएको रेलिङ जस्ताको त्यस्तै बनाइदिने सर्तमा छोड्यौं ।’

उनका अनुसार सापकोटाले सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले स्थानीय स्वायत्त शासन ऐन ०५५ अनुसार मास्केलाई कारबाही

गरिएको हो । सो ऐनको दफा १६५ को उपदफा १ मा सार्वजजिक सम्पत्ति नोक्सान गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गरी हानी नोक्सानीको बिगोसमेत असुलउपर गरी वा साबिकअनुसार तयार गर्न लगाउन सक्ने व्यवस्था गरिएको छ ।

मास्केले आङ्खनो घरतिर जाने गाडीको बाटो खुला गर्न सडकपेटीमा रहेको फलामे रेलिङ काटेकी थिइन् । यसका लागि उनले आरजु डेभलपर्सलाई जिम्मा दिएकी थिइन् । घरको नक्सा पाससहितको प्रमाणपत्र पु¥याएर सम्बन्धित कार्यालयमा गएर निवेदन दिएर स्वीकृत भएपछि मात्र रेलिङ हटाउन वा काट्न सकिने सापकोटा बताउँछन् ।
राजधानीबाट


  •  
  •  
  •