पहिरो नरोकिएपछि सुर्खेत–दैलेख सडक अवरुद्ध

289
  •  
  •  
  •  

सुर्खेत, १२ साउन (ओएनएस) : सुर्खेत–दैलेख सडकखण्डको सुर्खेतको गढीमा पर्ने छेडानजिकै गएको पहिरो नरोकिँदा सवारीसाधन ठप्प भएका छन् । पहिरो आइरहेका कारण सडकमा सञ्चालन गर्न नसक्दै आवतजावतमा समस्या आएको छ । शनिबार बिहानदेखि आएको पहिरो हटाउन नसकेपछि उक्त सडकअन्तर्गत चल्ने दैलेख र सुर्खेतकै धरमपोखरा–मटेलाका लागि चल्ने यात्रुवाहक सवारीहरू लादेमा रोकिएका छन् ।

यात्रुलाई भने गन्तव्यतर्फ पु¥याउने व्यवस्था मिलाइएको छ । दैलेख र सुर्खेतको धरमपोखरा–मटेलाबाट बसमा आएको यात्रुलाई पहिरो गएको स्थानबाट यहाँको वीरेन्द्रनगरबाट गएका सवारीले ल्याउने र वीरेन्द्रनगरबाट गएका यात्रुलाई दैलेख र धरमपोखरा, मटेलाबाट आएका सवारीले लिएर जाने गरेका छन् । यसअघि पनि पहिरो जाने गरेको उक्त स्थानमा निरन्तरको वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ । पहिरो हटाउनका लागि भ्याकुम तथा स्काभेटर सञ्चालन गरिए पनि पहिरो आइरहेका कारण हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।


  •  
  •  
  •