सडकमा ट्रिपर तेस्र्याएर यातायात अवरोध

62
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : गिट्टी–बालुवाको ढुवानीको काम गर्दै आएका क्रसर व्यावसायीहरुले काठमाडौं ठप्प पारेका छन्। सरकारले गिट्टी–बालुवा तथा नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा रोक लगाएको भन्दै उनीहरुले काठमाडौं ठप्प बनाएका हुन।

IMG_5797
तस्वीर : कविन अधिकारी/ओएनएस

क्रसर व्यावसायीहरुले बीच सडकमै ट्रिपरहरु तेर्साएर सवारी आवतजावतमा रोक लगाएका छन्। सवारी साधनमा रोक लगाइएका कारण गन्तव्यमा पुग्ने यात्रुहरुलाई कठिनाइ भोग्नु परेको छ। तर, सवारी जाम मिलाउन बसेका ट्राफिक प्रहरी भने रमिते भएर हेरेर बसेका छन।

राजधानीका माइतघरदेखि कोटेश्वरसम्मको यातायात ठप्प छ । तर, याताया खुृलाउन कुनै पहल भएको छैन । यात्रुहरु गन्तव्यसम्म पुग्न पैदल यात्रा गरिरहेका छन् ।

सरकारले गरेको यस्ता वस्तुमाथिको रोकलाई फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । सरकारले भने चुरे क्षेत्रको संरक्षणका लागि यस्तो रोक लगाउनु परेको बताउँदै आएको छ । संसदका विभिन्न समितिलेसमेत यो समस्या समधान गर्न सरकारलाई निर्देशन दिइसकेका छन् ।


  •  
  •  
  •  

Comments are closed.