सिन्धुपाल्चोकमा फेरि पहिरो, अरिनीको राजगर्मा अवरुद्ध

203
  •  
  •  
  •  

काठमाडौं २८ भदौ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोठे सडक खण्ड फेरी अवरुद्ध भएको छ । जुरे पहिरोले सुनकोशी नदी थुनिएर बनेको कृत्रिम ताल फुटेपछि आएको बाढीले क्षति गरेको सडक मर्मत गरेर हिजो दिनभर सञ्चालन गरेपनि आज राति परेको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको छ । राजमार्गको साँघुरो स्थानमै पहिरोले बाटो छेकेपछि सिन्धुपाल्चोक हुदैँ राजधानी पूर्वका दोलखा, रामेछाप र ओखलढुंगा तर्फ हिडेका र राजधानी आउँदै गरेका दजनौँ सवारी साधन कोठेमै रोकिएका छन् । डिएसपी खरेलका अनुसार पहिरोले १० मिटर बाटो अवरुद्ध गरेको छ ।


  •  
  •  
  •