चालक निदाउँदा दुर्घटना, ५० को मृत्यु

209
  •  
  •  
  •  

accidentकाठमाडौ, २५ कात्तिक(एजन्सी) : पाकिस्तानको सिन्ध प्रदेशमा भएको एक सवारी दुर्घटनामा कम्तिमा ५० जनाको ज्यान गएको छ भने २० भन्दा बढी यात्रुहरू घाइते भएका छन् । सिन्ध प्रदेशमा आज बिहान एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

मृ्त्यु हुनेमा ८ जना महिला तथा बच्चाहरू रहेको बताइएको छ । बस चालक निदाएकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सिन्ह्वाले जनाएको छ । बस चालक निदाएपछि बसले विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किन पुगेको थियो ।

उक्त बसमा करिब ८० जना यात्रु सवार रहेको बताइएको छ । अन्य यात्रुहरूको बारेमा कुनै जानकारी प्राप्त नभएको सिन्ह्वाले जनाएको छ । बस स्वाट जिल्लाबाट कराँचीतर्फ जाँदै गरेको थियो ।
राष्ट्रपति मामनुन हुसेनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार सक्दो चाँडो गर्नका लागि अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।


  •  
  •  
  •