‘नीतिनियमहरुको कार्यान्वय भए सडक दुर्घटना कम हुन्छ’

194
  •  
  •  
  •  

रुपन्देही ६ मंसिर (ओएनएस) : नेकपा एमालेका उपमहासचिव एवं सभासद विष्णु पौडेलले सवारी दुर्घटनाको मुख्य दोष सवारी साधन, सडक र चालकलाई मात्र दिएर कोहिपनि उम्किन नमिल्ने बताएका छन् ।

सडक, सवारी साधन र चालकभन्दा त्यससम्बन्धि बनेका नीति नियमहरुको कार्यान्वय हुन सके सडक दुर्घटना न्यूनिकरण गर्न सकिने धारणा व्यक्त गरे ।
सुरक्षित यात्रा अभियान नेपालले दुर्घटना न्यूनिकरणका लागि सरोकारवालाहरुका विचमा गरेको अन्तरक्रिया कार्यक्रममा पौडेलले सरकारले आफुले बनाएका नीति नियम कार्यान्वयन भएननभएको अनुगमन गर्न नसक्दा पनि दुर्घटना न्यूनिकरणको अभियान सफल हुन नसकेको भन्दै अनुगमनको पाटोलाई प्रभावकारी बनाउन सबै पक्ष लाग्नुपनमा जोड दिए ।

उनले सुरक्षित यात्रा अभियानले सडकको सुरक्षाको लागि थालेका प्रयासहरु प्रशंसनिय रहेको उल्लेख गरे । साथै अभियानमा आफ्नो तर्फबाट हरसम्भव सहयोग रहने बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय यातायात विभागका सदस्य प्रेम खरेल र एकिकृत माओवादीका जिल्ला सदस्य कृष्ण पोखरेलले कतिपय चालक तथा मजदुरहरुका व्यवहारका कारण पनि यात्रा सहज नहुने बताए ।

साथै यातायात व्यवसायीहरुले मजदुरहरुलाई अनुशासित र प्रशिक्षीत गर्ने तर्फ लाग्नुपर्ने बताए ।

सो अवसरमा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितीका उपाध्यक्ष प्रकाश श्रेष्ठ र वाणगंगा यातायात व्यवसायी समितीका उपाध्यक्ष विष्णु पौडेल लगायतले यातायात व्यवसायलाई नियमन गर्ने सरकारले उनिहरुको संरक्षण पनि गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा हालैमात्र सम्पन्न भएका यसक्षेत्रका यातायात व्यवसायीहरुका संघसंस्थाका अधिवेशनबाट निर्वाचित नयां नेतृत्वलाई सम्मान समेत गरिएको थियो । पश्चिम नेपाल बस व्यवसायी संघ, पश्चिमाञ्चल यातायात व्यवसायी समिती, वाणगंगा यातायात व्यवसायी समिती र मोटर ड्राईभिङ स्कुल संघ लुम्बिनीका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिती सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी विष्णु पौडेल र संस्थाका अध्यक्ष नारायण अधिकारीले टिका तथा खादा ओडाएर सम्मान गरेका थिए ।

यसैविच सवारी दुर्घटनासंग सम्बन्धित भिडीयो डकुमेन्ट्री जोखिममा ज्यानको पनि सोहि अवसरमा पहिलो प्रदर्शन गरिएको थियो ।


  •  
  •  
  •