ट्रक र दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

89
  •  
  •  
  •  

चितवन, १ माघ (एजेन्सी) : चितवनको दारेचोकमा एक ट्रक र मोटरसाइकल ठोक्किँदा दुइजनाको मृत्यु भएको छ भने अन्य दुई गम्भिर घाइते भएका छन् ।

बुधबार साँझ नारायणगढबाट काठमाडौतर्फ जाँदै गरेको लु १ ख ५१२८ नम्बरको ट्रकसँग विपरित दिशाबाट आइरहेको ना ९ प ४१४० तथा बा ५१ प २५८० नम्बरको मोटरसाइकलदारेचोक-४ मा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएपनि दुईजनाको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी चितवन भरतपुर–९ का ३० वर्षीय राजु श्रेष्ठ र भरतपुर–२ क्षेत्रपुरका हासन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


  •  
  •  
  •