बबरमहलमा मोटरसाइकल बससँग ठोक्कियो, १ को मृत्यु, १ घाइते

247
  •  
  •  
  •  

accidentकाठमाडौ, ६ फागुन(ओएनएस) : काठमाडौको बबरमहलमा पर्यटक बससँग ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य एक गम्भिर घाइते भएका छन् ।

बबरमहलबाट बानेश्वरतर्फ जाँदै गरेको बा २८ प नम्बरको मोटरसाइकल बा १ प नम्बरको पर्यटक बससँग ठोक्किएको थियो । पैदल यात्रुलाई ठक्कर दिएर गलत दिशातर्फ भाग्ने क्रममा पर्यटक बससँग ठोक्किँदा मोटरसाइकलमा दुवै जनालाई उपचारका लागि माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा पुर्याइएको थियो ।

उपचारका क्रममा मोटरसाइकलको पछाडि बसेका धरान निवासी प्रविण प्रधानको मृत्यु भएको छ भने मोटरसाइकल चालक राजीव अधिकारी गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

[facebook][tweet][Google]


  •  
  •  
  •