अमलेखगञ्जमा ट्रक र बस जुद्धा ४ जनाको मृत्यु

207
  •  
  •  
  •  

काठमाडौ, ५ कात्तिक (ओएनएस) : बाराको अमलेखगञ्जमा भएको दुई सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

अमलेखगन्जमा दुईटा ट्रक र एउटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा चार जनाले मृत्यु भएको हो । घाइते सबैलाई हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको छ भने उद्धार कार्यलाई जारी नै राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


  •  
  •  
  •