सुनकोसी थुनियो नदी छेउका वासिन्दाको भागाभाग

746
  •  
  •  
  •  

sunkosi-4काठमाडौं १७ साउन (ओएनएस) :

सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा सुनकोसी नदी थुनिएको छ । सुनकोसी  थुनिदा करिव ३ दर्जन घर डुवानमा परेका छन् । ज्यान बचाउन नदी छेउका गाउृँलेहरुको भाभाग भएको छ । अबीरल बर्षासंगै सिन्धुपाल्चोककोे धुस्कुनमा गएको पहिरोले ५० घर बगाएको छ । पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोपमा परेर ज्यान गुमाएका ८ जनाको शव फेला परेको छ भने घाईते १२ जनाभन्दा धेरैको सशस्त्र प्रहरीको बेस क्याम्प लामोसाँघुमा उपचार भइरहेको छ ।  मृत्यु हुनेमा ३ महिला २ बालक र २ जना पुरुष रहेका छन् । सानीमा हाइड्रोपावर पुरिएको छ । पानीको वाफले कुहिरो लागे जस्तै देखिएको छ । ७० भन्दा बढी घरहरु पुरिएको छन् भने ४० भन्दा बढी बगाइसकेको घटनास्तलबाट पत्रकार टंक खड्काले ओएनएस न्यूजलाई जानकारी दिए ।

गएराती ३ बजे गएको पहिरोले सुनकोसी जलबिद्युत आयोजनाको बाँधसमेत थुनिएको छ । बाँध थुनिएपछि हुने खतरालाई मध्यनजर गर्दै प्रभाबित हुन सक्ने सम्भाबित खाडीचौर,बलेफी,लामोसाँघुका बस्ती खाली गरिएको छ ।  

नदी थुनिएर ताल बनेपछि जुरेको २०/२५ घर डुवानमा परेका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर जयश्वर रिमालले दिएको जानकारी अनुसार यतिबेलासम्म धन्नै एक किलोमिटर क्षेत्र भोटेकोशी नदी जमेर ताल बनेको छ। भोटेकोशी र सुनकोशी नदी मिसिसकेपछि नदी थुनिएको हो। अहिलेसम्म ४० घर बगिसकेको छ। ढिस्को खस्नेक्रम जारी रहेका सानिमा हाइड्रो पावर प्रत्यक्ष जोखिममा परेको छ।

भोटेकोशी नदीको पानी बजारसम्म आइ सकेको स्थानिय राम तिमिल्सेनाले ओएनएसलाई जानकारी दिए । उनका अनुसार  नदीको आसपास रहेका गाउँमा पनि पानीले पग्न थालेक छन् । अहिले वासिन्दाहरु अग्लो ठाउँमा पुगेर ज्यान जोगाइरहेका छन् । कतिपय घरको सामान बोकेर खुला ठाउँमा लैजादै छन् । पानी परिरहेकाले झन समस्या देखिएको छ ।

10570296_1657506464474021_4538788612487326913_nलामोसांगु,खाडिचौचौर,अधेरी,कोठे,बलेफी,सुकुटे लगायतका स्थानमा त्रासदी फैलिएको छ । मानिसहरुको भागाभाग छ । नदीको सतहबाट एक सय ३० मिटर पानीको तह माथि उठिसकेको प्रारम्भिक अनुमान छ । अरनिको लोकमार्ग अवरुद्ध छ । अरनिको लोकमार्गमा चल्ने सवारी साधन दोलालघाटमा रोकिएका छन । घटनास्थलमा रहेका एमाओवादी युवा नेता सरल सहयात्रीका अनुसार करीव एक दर्जन मानिस वेपत्ता छन । १० मेगावाट क्षमताको सुनकोशी जलबिद्युत केन्द्र पनि खतरामा छ ।

स्थानीय प्रशासनले बाह्रविसे, लामोसाँघु, खाडिचौर, दोलालघाट, विर्तादेउराली लगायत सुनकोशी नदी किरानका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

अहिले प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको नेतृत्वमा जिल्लाका प्रभाबित गाबिसका बासिन्दालाई ज्यान जोगाउन आग्रह गर्दै सुरक्षित स्थानमा सर्न माईकिङ गरिरहेको छ । अप्राकृतिक रुपमा बाँध फुटे सिन्धुपाल्चोकको मांखा र राम्चे डुबानमा पर्नेछ भने अरनिको राजमार्ग पनि बगाउने छ । अहिले स्थानीयको उद्धारका लागी सिन्धुपाल्चोका प्रहरी प्रमुख डिएसपी भरत बहादुर बोहराको नेतृत्वमा उद्धार टोली गएपनि बनदेउबाट यता जान सकेको छैन भने बाह्रबिसेबाट प्रहरी पनि यता आउन सकेको छैन । नदी खोल्नका लागि नेपाली सेनाको हेलिकप्टरले अवलोकन गरिरहेको छ । 

10403498_1657506371140697_8279314041384525504_n

बाँध फुट्ने खतरामा काभ्रेको दोलालघाट देखी सिन्धुपाल्चोकको बाह्रबिसे चल्ने सम्पुर्ण यातायात सेवा समेत बन्द गरिएको छ ।  काभ्रेमा पनि असर पर्ने भएकोले सचेत रहन सबैमा आग्रह गरिएको छ । सुनकोशी, भोटेकोसी र सिन्धुलीको खुर्कोट माथी नै तामाकोशीको समेत मिश्रण हुने भएकाले थुनिएको बाँध एकै पटक फुटे सिन्धुलीको खुर्कोट तलका बस्तिहरुमा ठुलो क्षेती पुग्ने अमुनमान गरीएको छ। नदी थुनिँदा सिन्धुपाल्चोक, काभ्रै जिल्लाका दर्जनौ वस्तिहरु खतरामा परिसकेका छन् । सिन्धुलीमा पनि असर पर्नेछ । 

1901135_1657506597807341_2771860884767937345_n
तस्बिर सौजन्य: रेडियो मेलम्ची

10547613_1657506637807337_833157129358482636_n (1)


  •  
  •  
  •