दाङ/फाल्गुन : घोराही महोत्सवमा गायीका रितुले दर्शकलाई आफूतिर तान्न सफल भएकी छन् । महोत्सवमा आयोजित कार्यक्रमका क्रममा उद्घोषकले आधुनिक पप गायीका रितु कंडेलको नाम र प्रशंसा गर्दै स्टेजमा गीत गाउनका लागि बोलाएपछि स्टेज वरपर दर्शकको भीड लागेको छ ।
छोटो समयमा आफ्नो गायकीमार्फत दर्शक तथा श्रोताको मन जित्न सफल भएकी गायीका रितुको प्रस्तुतीमा त्यहाँ उपस्थित दर्शकले पनि कम्मर मर्काएका थिए । उद्योग वाणिज्य संघ दाङले घोराहीमा आयोजना गरेको घोराही महोत्सवको सांगीतिक कार्यक्रममा भाग लिनका लागि दाङ पुगेकी उनले दाङबासीलाई राम्रैसँग नचाइन् ।
गायन क्षेत्रमा रहेको अवसर र चुनौतीकाबीच रितुले आफूलाई एक राम्रो गायीकाको रूपमा दर्शकमाझ उभ्याउन सफल भएकी छन् । केही महिनादेखी रितुलाई स्टेज कार्यक्रममा जानका लागि निकै प्रस्ताव आउने गरेको छ भने उनले सबै ठाऊँमा जान समेत नपाउने अवस्थामा उनी पुगिसकेकी छन् । उनी एक हप्ता अगाडि मात्रै हेटौडा, स्याङ्जा, पोखरा हुदै दाङ्को घोराही महोत्सवमा पुगेकी हुन् ।
गायीका रितु यतिबेला दर्शकको मागकाबीच आयोजकको तानातानमा परेकी छन् । उनले घोराही महोत्सवमा मायाँ यस्तै रैछ, आउन आउ, आइलभको शब्द जस्ता थुप्रै गीत प्रस्तुत गरेकी थिईन् । उनले गीत गाइरहदा कतिपय दर्शकले स्वरमा स्वर थपिरहेका थिए भने कति दर्शक नाच्नमा व्यस्त थिए ।
गायीका रितुले आफ्नो “बतास एल्बम” चाडै दर्शकमा बजारमा आउन लागेको बताइन् । आफैले म्युजिक भिडियोमा खेलेकी रितुले एक सातामा दर्शकमाझ सार्वजनिक गर्ने बताइन् । उनको उक्त पप एल्बममा माया पिरतीका विषय उठान गरिएको छ ।