देशको हालत (कविता)

628
  •  
  •  
  •  

बेचिए लुटिए नारी अल्पत्र छन कति
यस्तै छ अहिले हजुर मेरो देशको गति ।

ठुला नेता देश बिग्राने काममा लागि सके
राम्रो युवा छैनन् देशमा विदेश भागि सके ।

दलहरु देशभित्र सबै तास बनि आए
कमाउन गएका युवा लास बनि आए।

नेपाललको तँँछाड मछाड हुदा खेरि निती
विग्रीदै गयो सबै देस भित्रको रिती ।

नेपालका नेता विदेशि स‌ग तास बनेका छन् ।
उनै नेपाली युवा बिदेशीका दास बनेका छन् ।

रोजगार नपाउदा युवाहरु विदेश जानुपर्यो
धबाब अनि बिदेशीको गालि खानु परर्यो ।

देश को राजनितीले युवाको मान घुमायो
गरेर खाने युबाको पनि सम्मान गुमायो ।

सभासद बन्को लागि कुस्री तानातान छ
के बनाउलान देशलाइ नेता आफै हानाहान छ ।

रिता शाही  (ऋतु ) बाजुरा


  •  
  •  
  •