पहिरोमा परेकाको उद्धारमा विलम्ब

201
  •  
  •  
  •  

काठमाडौं, १७ साउन (ओएनएस) : सिन्धुपाल्चोकको मांगा गाविसमा शनिबार बिहान गएको भिषण पहिरोमा परेकाको उद्धार कार्यमा समस्या भएको छ ।

पहिरोले सुनकोसी नदीलाई थुनेपछि उत्पन्न जोखिमका कारण उद्धारमा समस्या आएको सुरक्षा स्रोतले बताएको छ । पहिरोमा करिब १ सय घर पुरिएको र त्यसमा करिब २ सय मानिस वेपत्ता भएको अनुमान गरिए पनि यकिन संख्या प्राप्त हुन सकेको छैन । सुनकोसी थुनिदा बनेको तालबाट उत्पन्न जोखिमका कारण उद्धारकर्मी घटनास्थलमा पुग्न सकेको छैन भने सबैको ध्यान नदी खुलाउने तर्फ केन्द्रित हुँदा पनि उद्धारमा विलम्ब भएको जनाइएको छ ।

अहिलो साढे दुई बजेसम्म ८ जनाको शव फेला परेको छ भने, ४० जनालाई जिवितै उद्धार गरिएको छ । यस्तै घाइते ८ जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत राजधानी ल्याइएको छ । उनीहरुको बि एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •