गाईजात्रा विशेष- धमला जोक्स

566
  •  
  •  
  •  

ऋषि धमलाले आफ्नो चेकबुक हराएछन् । थाहा भए पनि व्यस्तताका कारण ऋषि धेरै दिनपछि मात्र बैंक गए ।
ऋषि : म्यानेजरजी मेरो चेकबुक हरायो ? कति दिनमा बन्छ, १०, १५, २० कति, कति दिन ?

म्यानेजर : तपाईंले आफ्नो चेकबुक जतनसँग राख्नुपथ्र्यो नि  कसैले तपाईंको हस्ताक्षर चोरेर सबै पैसा निकालिसक्यो कि ?

ऋषि : म्यानेजर साब, म कहाँ त्यति मूर्ख छु ? मैले सबै चेकमा पहिल्यै हस्ताक्षर गरिसकेको छु ।

ऋषि धमलाले आफ्नो पुरानो गाडी बेच्न चाहे । एक लाख किलोमिटरभन्दा बढी गुडिसकेको गाडी किन्न कोही तयार भएन । त्यसैले ऋषिले एकजना साथीलाई गाडी नष्ट गरिदिन आग्रह गरे ।

तर, उसको साथीले गाडी नष्ट गर्नुभन्दा मिटररिडरलाई मिलाएर ३० हजार किलोमिटर मात्र गुडेको बनाउन सल्लाह दिए ताकि बेच्न सजिलो होस् ।

ऋषिले साथीले भनेजस्तै गरे, मिटर उल्टो घुमाएर ३० हजार किलोमिटर मात्र गुडेको बनाए । दुई हप्तापछि उक्त साथीले एक ग्राहकलाई लिएर ऋषिको क्लबमा गए ।

साथी : ऋषिजी, उहाँ तपाईंको गाडी किन्न इच्छुक हुनुहुन्छ रे !
ऋषि : ३० हजार मात्र गुडेको गाडी बेच्ने के मूर्ख हुँ ?

कहिल्यै भान्छामा नछिर्ने ऋषि धमला अचानक दिनको एकचोटि भान्छामा छिर्न थालेछन् । लौ, सधै क्यामेरामा देखिने श्रीमान्ले भान्छामा पनि सहयोग गर्ने भए भनेर धमलाकी श्रीमती मक्ख ।

तर, धमला सीधै गएर चिनीको बट्टा खोल्दा रहेछन् र यसो हेरेर बन्द गर्दा रहेछन् । त्यसपछि फटाफट बाहिर निस्कँदा रहेछन् ।

दुई–तीन दिन श्रीमान्को चर्तिकला देखेपछि श्रीमतीले सोधिन् : मेरा प्यारा हजुर † दिनदिनै चिनीको बट्टा खोल्ने र बन्द गर्ने किन गरिरहनुभएको छ ?

ऋषि : डाक्टरले नियमित रूपमा ‘सुगर’ चेक गर्नु भनेका छन्, त्यसैले ?

ऋषि धमला आफ्नी श्रीमतीसँग जुरासिक पार्क फिल्म हेर्न गएछन् । फिल्म चलेको केही मिनेटपछि अचानक डाइनोसर पर्दामा अगाडि आउन थालेछ । डरले धमला थरर्र ।

सँगै बसेकी श्रीमतीले धमला डराएको देखेर भनिछिन् : ऋषिजी, किन डराएको ? फिल्म त हो नि !
ऋषि : मलाई त थाहा छ, तर त्यो जनावरलाई के थाहा ?

पत्रकारिताबाट वाक्क लागेपछि ऋषि धमलालाई एकजना मित्रले कुखुरा फार्म खोल्न सुझाब दिएछन् । उनले एक सयवटा कुखुराको चल्ला किनेर ल्याएछन् ।

एक महिनापछि ऋषि चल्ला बेच्ने डिलरकोमा गएर एक सयवटा चल्ला पुन: मागेछन् ।
डिलर साहु : धमलाजी, पहिले लगेको चल्ला के भए, फेरि लिन आउनुभएछ ?
ऋषि : यहाँबाट लगेर रोपेको थिएँ । एक महिनासम्म पनि उम्रेन । अनि फेरि लिन आएको ।

ऋषि धमलालाई जागिर खाऊँ जस्तो लागेछ । एउटा कम्पनीमा लिखित पास गरेर अन्तर्वार्ता दिन पुगेछन् ।
अन्तर्वार्ताकार : ऋषिजी, तपाईंको जन्मदिनचाहिँ कुन हो ?
ऋषि : साउन २६ ।
अन्तर्वार्ताकार : कुन साल ?
ऋषि : तपाईं पनि कस्तो प्रश्न गर्नुहुन्छ यार, हरेक साल नि !

धमलाले एउटा पार्टीको निमन्त्रणा पाएछन् । विदेशबाट एकजना भिआइपी आएकाले उनको सम्मानमा आयोजना हुने पार्टीको निम्तो धमलाले पाएका थिए ।
निम्तो कार्डमा लेखिएको थियो, ‘रेड टाइ वन्ली ।’
पार्टीमा पुगेपछि मात्र धमलाले थाहा पाए, अरू निम्तालुले त पाइन्ट, सर्ट र जुत्ता पनि लगाएर आएका रहेछन् ।

ऋषि धमला विदेशबाट फर्के ।
घर आइपुगेर हतारहतार श्रीमतीलाई सोधे : प्यारी, के म विदेशीजस्तो देखिन्छु ।
श्रीमती : देखिनुहुन्न त, किन ?
ऋषि : बेलायतमा त एउटी महिलाले तपाईं त विदेशीजस्तो देखिनुहुन्छ भनी ।

ऋषि धमलालाई फेरि पढ्न मन लाग्यो । उनी कलेज जान थाले । कलेजमा एकदिन मास्टरले प्रश्न सोधे : पृथ्वी गोलो छ भन्ने तथ्यलाई प्रमाणित गर्नुस् त ऋषिजी ?
ऋषि : सर, मैले कहिल्यै यस्तो दाबी गरेकै छैन त किन प्रमाणित गरूँ ।

फुटबल विश्वकप सकिए पनि ऋषि धमला राति एक्लै ‘गोल–गोल’ भन्दै चिच्याउँदा रहेछन् । सपनामै उनी यसरी चिच्याएको थाहा पाएपछि धमलापत्नीलाई पतिको दिमाग त बिग्रिएन भन्ने लागेछ । उनले चेकअपका लागि डाक्टरकोमा जान पतिलाई कर गरिछिन् ।
पत्नीले कर गरेपछि धमला डाक्टरकोमा गएछन् ।
डाक्टर : के हुन्छ तपाईंलाई ?
धमला : रातभरि ‘गोल–गोल’ भन्दै चिच्याउँछु रे !
डाक्टर : फुटबल खेलेको सपना देख्नुहुन्छ कि के हो ?
धमला : होइन डाक्टरसाब, फुटबल हेरेको देख्छु । बाँदरहरू खुब फुटबल खेल्छन् ।
डाक्टर : त्यसो भए भरेदेखि सुत्नुभन्दा अगाडि यो औषधि खानुस्, सपना देख्न बन्द हुन्छ ।
धमला : आज होइन डाक्टरसाब, भोलिदेखि खान्छु ।
डाक्टर : किन ?
धमला : आज फाइनल छ क्या ।

एकदिन ऋषि धमला श्रीमतीसँग बसमा यात्रा गरिरहेका रहेछन् । त्यत्तिकैमा श्रीमतीले धमलालाई भनिछिन्, ‘डियर, मेरो टाउको दुख्यो ।’
धमलाले श्रीमतीको निधारमा किस गरिदिएछन् । श्रीमतीले सञ्चो भएझैँ गरिछिन् ।
एकछिनपछि श्रीमतीले फेरि भनिछिन्, ‘डियर, मेरो टाउको छाम त, तातो छ । ज्वरो त आएन ?’
धमलाले श्रीमतीको टाउको छामेछन् र फेरि किस गरिदिएछन् । श्रीमतीले फेरि सञ्चो भएजस्तो गरिछिन् ।
यो सब हेरिरहेकी छेउको सिटकी एकजना वृद्धाले धमलालाई भनिछिन्, ‘बाबुलाई पखालाको पनि उपचार गर्न आउँछ कि ?’

नयाँ पत्रिका


  •  
  •  
  •