पूर्वउपकूलपति शर्माको निधन

295
  •  
  •  
  •  

Madhav Sharma VCकाठमाडौँ, २३ फागुन(ओएनएस) : त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति प्रा. डा. माधव शर्माको निधन भएको छ । केएमसी अस्पतालमा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई मल्टिपल अग्र्यान फेलियर (धेरै अंग नचल्ने) समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । आज बिहानै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको शर्मानिकट प्राज्ञ एवम् उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए ।

दिवंगत प्रा. डा. शर्मा भूगर्भशास्त्रका विज्ञ पनि थिए । धनकुटामा विसं. १९९९ जन्मिएका उनी पछिल्लोपल्ट काठमाडौँमा बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरी छन् ।


  •  
  •  
  •