ढकालको श्रद्धाञ्जलीमा भक्कानिए एमाले नेता (फोटोफिचर)

1041
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : आइतबार उपचारको क्रममा निधन भएका एमाले नेता रामनाथ ढकालको पार्थिव शरिरलाई सोमबार पार्टी कार्यालयब बल्खुमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो ।

एमालेका प्रभावशाली नेता मध्येका एक ढकाललाई अन्तिम विदाइ गर्न एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा अन्य पार्टीका नेताहरु उपस्थित भएका थिए । ढकाललाई पार्टीका अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । यस्तै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ,  पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल थिए ।

यस्तै, स्थानीय विकास मन्त्री तथा कांग्रेस महामन्त्री प्रकाशमान सिंह, कांगेस नेता अर्जुननरसिंह केसी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादीका नेता टोपबहादुर रायमाझीलगायतका नेताहरूको बल्खुमा उपस्थिति थियो ।

श्रद्धाञ्जलीको क्रममा नेता, कार्यकर्ता भक्कानिएका थिए । सभाध्यक्ष नेम्वाङ, नेतृ अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले ढकालको मृत्युको शोकमा आँशु थाम्न सकेनन् । सोमबारनै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

Ramnath Dhakal (1) Ramnath Dhakal (2) Ramnath Dhakal (3) Ramnath Dhakal (4) Ramnath Dhakal (5) Ramnath Dhakal (6) Ramnath Dhakal (7) Ramnath Dhakal (8) Ramnath Dhakal (9) Ramnath Dhakal (10) Ramnath Dhakal (11) Ramnath Dhakal (12) Ramnath Dhakal (13) Ramnath Dhakal (14) Ramnath Dhakal (15)


  •  
  •  
  •