१७ वर्षमा पनि पूरा भएन चक्रपथ

182
  •  
  •  
  •  

विराटनगर, २ जेठ(ओएनएस) : शिलान्यास भएको १७ बर्ष विति सक्दापनि विराटनगर चक्रपथ निर्माणले गति लिन सकेको छैन् । सडक निर्माण सुरू भएको १७ वर्ष सम्मपनि ट्रयाक खोल्ने कार्य पुरा हुन सकेको छैन ।

विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै डेढ दशक अघि रिङरोडको परिकल्पना गर्दै निर्माण सुरु गरिएको थियो । तर, निर्माण सुरु भएको १७ वर्ष बितिसक्दापनि ‘विराटनगर रिङरोड’को ट्रयाक खोल्ने कार्य पुरा हुन सकेको छैन् । ट्रयाक खोल्न र सडक स्तर उन्नती गर्न भन्दै आएको बजेट वर्षेनी फिर्ता हुने गरेको छ । चक्रपथको झोराहाट खण्डमा ट्रयाक खोलिएको छैन ।

रिङ रोडको स्तर उन्नती गर्न भन्दै बजेट आएपनि बार्षिक बजेत फिर्ता जाने गरेको छ । चालु वर्ष सकिनै लाग्दापनि रिङरोडका निर्माणकालागि ठेक्का अझै लाग्न सकेको छैन । चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी छँदापनि विराटनगर चक्रपथ निर्माणकालागि ठेक्का सम्झौता हुन सकेको छैन् ।

चालु आर्थिक बर्षकालागि ५ करोड ९५ लाख बजेट छुटयाइएको चक्रपथको ठेक्का अझै नलागेको हो । बैशाख अन्त्यसम्म ठेक्का नलागेका कारण यसवर्षपनि छुटयाइएको बजेटपनि फिर्ता हुने सम्भावना बढेको छ ।

२०६५/६६ देखी निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयले आएको रकम समयमा नै खर्च गर्न नसकेको हो । कार्यालय प्रमुख किशोरलाल महाजु ठेक्काको मुल्याङकन भैरहेको बताउँछन् । मुल्याङकनको कामपछि ठेक्का लगाइने उनले बताए ।

सरकारी प्रकृया ढिलो हुने भएकाले काम सुरू हुन नसकेको उनले बताए । गतवर्ष रिङरोडकालागि आएको बजेट फिर्ता गएको तर, यसवर्ष फिर्ता जान नदिने उनको भनाई छ । माटो भर्ने र ढुङगा गिटी हाल्ने कार्य भएकाले दुई महिना भित्र काम सकिने उनले बताए ।

रिङरोडको कटहरी–हल्दीवारी, बयरवना–भातिगछ, महतोटोल खण्डको स्तर उन्नती र जरैया–रानी क्षेत्रमा ट्रयाक खोल्न र स्तर उन्नतीकालागि ठेक्का मुल्याङकन भैरहेको सुचना अधिकृत पूर्णराज कार्कीले बताए ।

रिङरोड निर्माणकालागि गतवर्ष आर्थिक वर्षपनि ६ करोड ८७ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो तर, सबै रकम खर्च हुन सकेन । कार्यालय प्रमुख महाजु चालु आर्थिक बर्षमा काम सक्ने सक्दो प्रयास गर्ने बताउँछन् । उनले भने, ‘गतवर्ष ढुङगा गिटी निकासीमा रोक थियो र काम सकिएन । यस पटक सक्छौ ।’ त्यस्तै आर्थिक वर्ष २०७०/७१ मा सरकारले चक्रपथ निर्माणकालागि भन्दै १४ करोड ५७ लाख ४० हजार रुपैया विनियोजन गरेको थियो । तर, आधा रकमपनि खर्च नगरी फिर्ता गएको थियो ।


  •  
  •  
  •