रिम्पोछेको शव ‘दर्शन’को लागि खुला

255
  •  
  •  
  •  

काठमाडौं, १४ साउन (ओएनएस) :दिवगंत बौद्ध धर्मगुरु श्यामार्पा रिम्पोछेको पार्थिव शरीर सर्वसाधारणको दर्शनको लागि बुधवारबाट खुल्ला गरिएको छ । काठमाडौंको रानीवनस्थित स्यारभव गुम्बामा श्यामार्पाको पार्थिक शरीर राखिएको छ । गत जेठ २८ गते जर्मनीमा हृदयघाटका कारण मृत्यु भएको उनको शव मंगलवारमात्र काठमाडौं ल्याइएको थियो ।

स्वदेशी तथा विदेशबाट आएका उनका अनुयायी तथा सर्वसाधारणको रिम्पोछेको दर्शन गर्न ठुलो घुँइचो लागेको छ । गुम्बा परिसरमा धर्मगुरुहरुले ‘मोलाम’ पुजा गरेका छन् । बुधवार रातिसम्म रिम्पोछेको शव अन्तिम दर्शन गर्नकोलागि राखिने भएको छ । बिहीवार श्यामार्पाको शव गुम्बा परिसरमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •