रिम्पोछेको शव काठमाडौंमा

161
  •  
  •  
  •  

काठमाडौं, १३ साउन (ओएनएस) : बौद्ध धार्मिक गुरु श्यामार्पा रिम्पोछेको शव अन्तमि संस्कारकालागि मंगलवार भुटानबाट काठमाडौं ल्याइएको छ । मंगलवार बसेको मन्त्रिपरिषद बैडकले रिम्पोछेको शव नेपाल ल्याउन अनुमति दिएलगत्तै ड्रुक एअरलाईन्सको विमान चार्टड गरी रिम्पोछेको शव काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको शव सिधै रानीबनस्थित शरमिनाभ गुम्बामा लगिएको छ । आज भोली अन्तिम श्रद्धान्जलीका लागि राखेर बिहीवार उनको अन्तेष्टि गरिने कार्यक्रम छ । रिम्पोछेको शव काठमाडौं ल्याउन खबर थाहा पाएपछि रानीवनस्थित गुम्बा र अन्तर्राष्ट्रिय विमानस्थलमा अनुयायीहरुको भीड लागेको थियो ।

विदेशी नागरिकको शव ल्याउन नीतिगत व्यवस्था


  •  
  •  
  •