रिम्पोचेको अन्तेष्टि नेपालमै !

269
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) : नेपाल बाहिर निधन भएका विदेशीको शव ल्याउनु कानुनविपरित भएको भन्दै तिब्बती बुद्ध परम्परामा सम्मानित समर रिम्पोचेको अन्त्येष्टिमा सरकारले रोक लगाएपछि दुई हप्तादेखि शव त्यत्तिकै छ । अन्तेष्टि गर्न दिने नदिनेमा विवाद बढेपछि नेपालमै अन्तेष्टि गर्न दिने तयारी भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले रिम्पोचेको अन्तेष्टि नेपालमै गर्न दिने गरि तयारी गर्न मुख्य सचिव लिलामणी पौड्याललाई निर्देशन दिएका छन्।

विगतमा २० वर्षमा तीनजना उच्च तहका बौद्ध लामाको अन्त्येष्टिका लागि शब बाहिरबाट ल्याइएको तथ्य सरकारसमक्ष पेस गर्दै अधिकारकर्मीले भने समर रिम्पोचेको चाहनाअनुसार उनको अन्त्येष्टि नेपालमा हुन दिन पनि आग्रह गरेका छन् ।

गत जेठ २८ गते जर्मनीमा हृदयघातका कारण निधन भएका ६१ वर्षीय समर रिम्पोचेको पवित्र शब उनले स्थापना गरेको कालिम्पोङस्थित बुद्धधर्म केन्द्रमा राखिएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार भुटानका राजपरिवारको चाहनाबमोजिम गत आइतबार कुदुङलाई थिम्पु लगी त्यहाँबाट सीधै काठमाडौँको रानीवनस्थित सर्मिनाभ गुम्बामा राखी पूजा र अन्तयेष्टि सुरु गर्ने निर्णय अनुयायीले गरेका थिए ।

तर विदेशीको शब ल्याउन नदिने कानुनका आधारमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरिसकेको अनुमतिपत्र सरकारले रद्द गरेको थियो ।


  •  
  •  
  •