काठमाडौं, ३० असार (ओएनएस) : आफूहरुको मागप्रति कुनै सुनुवाई नभएको भन्दै मिर्गौला पिडितले आत्मदाह गर्ने चेतावनी दिएकाछन् ।
३५ दिनदेखि रिले अनशनमा बसेका उनीहरु निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गौला रोगीका लागि मिर्गौला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले निःशुल्क उपचार गरिदिनु पर्ने लगायतका सात सूत्रीय माग प्रस्तुत गर्दै आइरहेका छन् ।
अनसनका क्रममा मिर्गौला पीडित श्याम खड्की र श्याम खत्री क्षेत्रीको मृत्यु भइसकेको छ । राष्ट्रिय मिर्गौला पीडित सङ्घ नेपालका अध्यक्ष चिन्तामणी पोखरेलका अनुसार अगामी साउन २० गतेसम्म आफ्ना माग पुरा नभए स्वास्थ्य मन्त्रालय अगाडि सामूहिक आत्मदाह गर्ने चेतावनी दिएकाछन् ।