‘रिजन अफ रिया’को छायांकन शुरु

92
  •  
  •  
  •  

काठमाडौं । मिलन आले मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रिजन अफ रिया’ को छायाँकन शुरु भएको छ । काठमाडौंको भद्रकालीमा जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ साइतमा फिल्मका मुहूर्त गरिएको हो ।

मुहूर्तसँगै फिल्मको बिहीबारबाटै छायांकन शुरु भएको छ । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा यो फिल्म निर्माण हुन लागेको हो ।

नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् । काठमाडौं र मुस्ताङका विभिन्न सुन्दर स्थानमा फिल्म खिचिने निर्देशक मिलनले बताए ।

फिल्मको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमार जंग कार्की रहेका छन् । यस्तै, देब महर्जनको द्वन्द्व निर्देशन, यम आलेको छायांकन, करणसिंह बोहराको कथा र विकाश चौधरीको फिल्ममा संगीत रहनेछ । निर्देशक मगरले फिल्मलाई उत्कृष्ट बनाउन प्रयास गर्ने बताए ।


  •  
  •  
  •